तराई र उपत्यकामा हुस्सु–कुहिरो कायम
प्रकाशित मिति
२०८२ माघ २८ गते, बुधबार ०९:१५
२८ माघ,२०८२ काठमाडौं – देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण तराईका धेरै स्थान तथा उपत्यकामा हुस्सु–कुहिरो लागेको छ भने हिमाली र उच्च पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसोसम्म तराईका केही स्थानमा हुस्सु कायम रहने सम्भावना छ। उच्च पहाडी र हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
आज राति पनि तराईका केही क्षेत्रमा तुँवालो लाग्ने अनुमान छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र अन्य भू–भागमा मौसम प्रायः सफा रहने जनाइएको छ।
तराई र उपत्यकामा मध्याह्नसम्म हुस्सु रहने तथा तत्काल वर्षाको सम्भावना कम रहेकाले वायु प्रदूषणको अवस्था कायमै रहने महाशाखाले उल्लेख गरेको छ। प्रतिकूल मौसमका कारण सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।







प्रतिकृया