• १३ असोज २०८३, मंगलबार
  • २ः४६ दिउँसो

सरकारले चालू आर्थिक वर्षको बजेट घटायो(पूर्णपाठ)

प्रकाशित मिति

२०८२ माघ २७ गते, मंगलवार ०२:२०

काठमाडौं — सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटको आकार घटाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार खर्च अपेक्षाभन्दा कम हुने देखिएपछि कुल बजेटलाई ८५.९६ प्रतिशतमा सीमित गरिएको हो।

National Life

सुरुमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेका थिए। अर्धवार्षिक समीक्षा पश्चात यसलाई १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँमा घटाइएको छ, जुन करिब २ खर्ब ७५ अर्ब रुपैयाँ कम हो।

पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड रुपैयाँ मात्र खर्च भएको छ। पुँजीगत खर्चमा पनि ४ खर्ब ७ अर्ब ८८ करोडमध्ये जम्मा ४९ अर्ब ४२ करोड (१२.१२ प्रतिशत) मात्र खर्च भएको छ। मन्त्रालयले आयोजनाको पूर्वतयारी अभाव, जग्गा तथा वन क्षेत्रको जटिलता र आन्दोलनका कारण खर्च न्यून भएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले राजस्व संकलन लक्ष्यमा पनि संशोधन गर्दै १४ खर्ब ८० अर्बको लक्ष्यलाई १२ खर्ब ९८ अर्ब ९ करोड रुपैयाँमा घटाएको छ। वैदेशिक सहायता परिचालनमा पनि २ खर्ब ८७ अर्ब अनुमान गरिएकोमा ६ महिनामा जम्मा ६१ अर्ब ७ करोड (२१.२७ प्रतिशत) मात्र प्राप्त भएको छ।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार स्रोत सीमितता र आन्तरिक चुनौतीका बीच वित्तीय अनुशासन कायम गर्न बजेट संशोधन गरिएको हो। अब सरकार अनुत्पादक खर्च कटौती गर्ने, रुग्ण आयोजनालाई स्थगित गर्ने र रणनीतिक महत्त्वका आयोजना मात्रै अघि बढाउने नीति लिएको छ।

अर्धवार्षिक समीक्षापछि आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशतबाट ३.५ प्रतिशतमा संशोधित गरिएको छ।

प्रतिकृया