• १९ असोज २०८३, सोमबार
  • ९ः२६ राती

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ मधेशमा, देशको नेतृत्व गर्न राजनीतिमा आएका हौँ

प्रकाशित मिति

२०८२ माघ २२ गते, बिहीबार १०:५१

२२ माघ,२०८२ काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रतिनिधिसभा निर्वाचनलाई लक्षित राजनीतिक गतिविधिका लागि मधेश प्रदेश पुगेका छन्। चुनावी कार्यक्रम तथा राजनीतिक भेटघाटमा सहभागी हुन उनी बुधबार जनकपुरधाम आएका हुन्।

National Life

जनकपुरधाम पुगेका घिसिङले आज बिहान जानकी मन्दिरमा पूजा–अर्चना गरेका छन्। त्यसपछि उनले जनकचौकमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेका छन्।

घिसिङको सचिवालयका अनुसार उनी मधेशका विभिन्न जिल्लामा पुगेर स्थानीय राजनीतिक कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट र आन्तरिक छलफल गर्ने कार्यक्रम रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पत्रकारसँगको भेटघाटमा अध्यक्ष घिसिङले आफू अरु कसैलाई प्रधानमन्त्री बनाउन नभई देशको नेतृत्व गर्न राजनीतिमा आएको बताएका छन्। उनले भने, “देशको लिड गर्न हामी आएका छौँ। अरू कसैलाई प्रधानमन्त्री बनाउन आएका होइनौँ। हामी नै यो देशमा परिवर्तन गर्नेछौँ।”

उनले उज्यालो नेपाल पार्टी धेरै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेको दाबी गर्दै अब व्यक्ति वा पार्टीभन्दा पनि देशको समृद्धिलाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गरे।

जेन–जी आन्दोलनपछि उदाएको नयाँ राजनीतिक शक्तिका रूपमा उज्यालो नेपाल पार्टीलाई उल्लेख गर्दै उनले नयाँलाई विश्वास गरेर काम गर्ने अवसर दिन मतदातासँग आह्वान गरे।

प्रतिकृया