• १९ असोज २०८३, सोमबार
  • ९ः२६ राती

न्याय परिषदद्वारा १० जिल्ला न्यायाधीशको सरुवा

प्रकाशित मिति

२०८२ माघ २२ गते, बिहीबार १०:३१

२२ माघ,२०८२ काठमाडौं – न्याय परिषदले १० जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ। बुधबार बसेको परिषद् बैठकले काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली र धनुषामा कार्यरत न्यायाधीशहरूको सरुवा गरेको हो।

National Life

परिषद्को निर्णयअनुसार बाराका न्यायाधीश भोलानाथ ढकाल र धनुषाका न्यायाधीश अनुपमा पन्तलाई न्याय परिषदमा सरुवा गरिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई बारा अदालतमा सरुवा गरिएको छ भने काठमाडौंकै न्यायाधीश मदनबहादुर धामीलाई न्याय परिषदमा पठाइएको छ।

यस्तै, मोरङका न्यायाधीश बाबुराम सुवेदीलाई बारा अदालतमा सरुवा गरिएको छ। काठमाडौंका न्यायाधीश ढाकाराम पौडेललाई ललितपुर जिल्ला अदालतमा पदस्थापन गरिएको छ। रौतहटका न्यायाधीश बिमला रेग्मी, रुपन्देहीका न्यायाधीश नारायण सापकोटा र दाङकी न्यायाधीश प्रतिमा कुमारी पोखरेललाई काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कैलालीका न्यायाधीश हरिसिद्धि धामीलाई रौतहट जिल्ला अदालतमा सरुवा गरिएको छ। यसैगरी, न्याय परिषदले २० जना जिल्ला न्यायाधीशको पदस्थापनसमेत गरेको छ।

प्रतिकृया