• १३ असोज २०८३, मंगलबार
  • ३ः०८ राती

वि.सं. २०८३ को पञ्चाङ्ग फागुन २ देखि बजारमा

प्रकाशित मिति

२०८२ माघ २१ गते, बुधबार ०२:२१

२१ माघ,२०८२ काठमाडौं – वि.सं. २०८३ सालको पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आवश्यक छलफल तथा प्रक्रिया पूरा गरेपछि पात्रो प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

National Life

समितिका अनुसार वि.सं. २०८२ मा प्रकाशित भएका १८ वटा पात्रोलाई निरन्तरता दिँदै यस वर्ष पनि प्रकाशनको स्वीकृति दिइएको छ। धर्मशास्त्रविद्, ज्योतिष, संस्कृतिविद्, विभिन्न समुदायका विज्ञ तथा सरोकारवाला निकायसँगको समन्वयमा पञ्चाङ्ग निर्माण गरिएको समितिले जनाएको छ।

यसअघि माघको तेस्रो साता नै पात्रो बजारमा आउने गरे पनि यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ गरेकाले प्रकाशन करिब १० दिन ढिलो भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलाई पञ्चाङ्ग तथा भित्ते पात्रो प्रकाशनको स्वीकृति, चाडपर्व तथा तिथिमिति निर्धारण र धर्म–संस्कृतिको क्षेत्र नियमन गर्ने अधिकार गठन आदेश २०७७ अनुसार प्रदान गरिएको छ।

प्रतिकृया