एमालेको चुनावी घोषणापत्र तयारी अन्तिम चरणमा : ईश्वर पोखरेल
प्रकाशित मिति
२०८२ माघ २१ गते, बुधबार ०२:३१
२१ माघ,२०८२ काठमाडौं – नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले पार्टीको चुनावी घोषणापत्र तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। एमाले उम्मेदवारहरूसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले घोषणापत्र चाँडै सार्वजनिक गरिने जानकारी दिएका हुन्।
पोखरेलका अनुसार घोषणापत्रमा राष्ट्रिय हित, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताको विषयलाई प्राथमिकता दिइनेछ। सामाजिक सद्भाव कायम गर्ने, विकास निर्माणसँग सम्बन्धित आयोजनामा केन्द्रित हुने र पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु गरिएका विकास तथा सुशासनका कामलाई निरन्तरता दिने विषय घोषणापत्रमा समेटिने उनले बताए।
उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा र रोजगारका मुद्दा घोषणापत्रको मुख्य आधार हुने उल्लेख गरे। साथै, संविधान संशोधनसम्बन्धी विषय पनि घोषणापत्रमा समावेश गरिने जानकारी दिए।
पोखरेलले यसपटकको घोषणापत्र फरक ढंगले प्रस्तुत हुने दाबी गर्दै कुन काम, कति बेला र कसरी गर्ने भन्ने कुरा समयसहित स्पष्ट गरिने बताए।







प्रतिकृया