• १३ असोज २०८३, मंगलबार
  • १ः५३ दिउँसो

छुटला है ! सूर्यकुण्ड हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

प्रकाशित मिति

२०८२ माघ २१ गते, बुधबार १०:४६

२१ माघ,२०८२ काठमाडौं – सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज माघ २१ गते अन्तिम दिन रहेको छ।

National Life

कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यसअघि कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ जारी गरेको हो। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावितलाई र ६८ हजार ९७६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बाँकी आईपीओमध्ये १३ हजार ७९३ कित्ता कम्पनीका कर्मचारीका लागि र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। त्यसपछि बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपाल लिमिटेडले ‘केयर एनपी डबल बी माइनर इस्यूअर’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया