• ५ साउन २०८३, मंगलबार
  • १०:५३ बिहान

रास्वपाद्वारा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन(सुचिसहित)

प्रकाशित मिति

२०८२ माघ १५ गते, बिहीबार ०२:३०

१५ माघ,२०८२  काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचार–प्रसार तथा व्यवस्थापनका लागि ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। समितिको संयोजक उपसभापति डीपी अर्याल (डोलप्रसाद) रहेका छन् भने सदस्यसचिवमा शंकर श्रेष्ठ नियुक्त भएका छन्।

यसैगरी रास्वपाले प्रदेश समन्वय समिति पनि गठन गरेको छ। कोशी प्रदेशमा उपेन्द्र पाण्डे, मधेश प्रदेशमा डा. नमिता यादव, बागमतीमा सिरता ज्ञावली, गण्डकीमा तोयाराज अधिकारी, लुम्बिनीमा अर्जुन अधिकारी, कर्णालीमा श्यामबाबु गौतम र सुदूरपश्चिममा डा. कृष्ण भेटुवाललाई प्रदेश समन्वय सचिवको जिम्मेवारी दिइएको छ।

Kamana Sewa

त्यस्तै, पार्टीले तीनवटा उपसमिति पनि गठन गरेको छ। अन्तर–इकाइ समन्वय उपसमितिको संयोजकमा रामकृष्ण भट्टराई, प्रशासनिक समन्वय उपसमितिमा विष्णुकुमार श्रेष्ठ र सञ्चार समन्वय उपसमितिमा प्रतिभा रावल रहेका छन्।

Classic Tech Desktop

प्रतिकृया