• १९ असोज २०८३, सोमबार
  • १०ः३५ राती

विकास बैंकहरूको नाफामा ठुलो वृद्धि, कसको कति कति?

प्रकाशित मिति

२०८२ माघ १५ गते, बिहीबार ०१:४५

काठमाडौं – राष्ट्रिय स्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आधा वर्षमा नाफामा ठुलो वृद्धि देखाएका छन्। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश बैंकको मुनाफा गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ।

National Life

हाल सञ्चालनमा रहेका ८ राष्ट्रिय विकास बैंकले छ महिनामा जम्मा ३ अर्ब ३१ करोड ११ लाख ७६ हजार रुपैयाँ नाफा कमाएका छन्। यो रकम गत वर्षको सोही अवधिको २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँभन्दा करिब २७.९७ प्रतिशत बढी हो।

नाफामा शीर्ष स्थानमा मुक्तिनाथ विकास बैंक छ, जसको नाफा ६७ करोड २० लाख रुपैयाँ पुगेको छ। यो गत वर्षको ५० करोड ३१ लाख रुपैयाँको तुलनामा ३३.५७ प्रतिशतले बढेको हो। दोस्रो स्थानमा गरिमा विकास बैंक रहेको छ, जसको नाफा ६३ करोड ५१ लाख रुपैयाँ छ र १५.६३ प्रतिशतले वृद्धि भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अन्य बैंकहरूको नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। शाइन रेसुङ्गाको नाफा २२.१९ प्रतिशत बढेर ४० करोड ४२ लाख, कामना सेवा विकास बैंकको २२.३४ प्रतिशत बढेर ३९ करोड ४५ लाख, ज्योति विकास बैंकको २४.४४ प्रतिशत बढेर ३१ करोड १२ लाख, महालक्ष्मी विकास बैंकको ६.४१ प्रतिशत बढेर ३० करोड ५९ लाख, र सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३.९५ प्रतिशत बढेर ३० करोड २५ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, लुम्बिनी विकास बैंकले नाफामा ९३ प्रतिशत वृद्धि गरी २८ करोड ५३ लाख रुपैयाँ कमाएको छ।

प्रतिकृया