महालक्ष्मी विकास बैंक वित्तीय सूचक सुधारसँग नाफामा उछाल
प्रकाशित मिति
२०८२ माघ १५ गते, बिहीबार १०:१४
काठमाडौं – महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको नाफासहित अधिकांश वित्तीय सूचकमा सुधार देखिएको छ।
समीक्षा अवधिमा बैंकको नाफा ६.४१ प्रतिशतले बढेर ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २८ करोड ७४ लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी ७.२१ प्रतिशतले बढेर १ अर्ब ९ करोड २० लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो १ अर्ब १ करोड ८६ लाख रुपैयाँ रहेको थियो।

सञ्चालन मुनाफा पनि ४१ करोड २३ लाख रुपैयाँबाट बढेर ४७ करोड ८४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको चुक्तापुँजी ४ अर्ब २९ करोड ६४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। वितरणयोग्य नाफा ३ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
पुष मसान्तसम्म बैंकको खराब कर्जा ४.९३ प्रतिशतबाट बढेर ६.१० प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १४.२४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६५.४८ रुपैयाँ रहेको छ।




प्रतिकृया