• १९ असोज २०८३, सोमबार
  • १०ः३४ राती

एनएमबि बैंकको नाफा १७.७१ प्रतिशतले घट्यो

प्रकाशित मिति

२०८२ माघ १५ गते, बिहीबार १०:०९

काठमाडौं – एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशतले कम हो। गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

National Life

बैंकको सञ्चालन नाफा घट्नु र इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा बढ्नुका कारण नाफा घटेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १४ लाख ७६ हजार रुपैयाँ पुगेको छ।

यता सञ्चालन नाफा १५.२९ प्रतिशतले घटेर २ अर्ब ५० करोड ९९ लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ५५ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो ३४ करोड ४७ लाख ६५ हजार रुपैयाँ थियो।

Classic Tech Mobile
Classic Tech Desktop

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५६ करोड ४३ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँबाट घटेको हो।

बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६८ पैसाले घटेर १७ रुपैयाँ १० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा रहेको छ। खराब कर्जा ३.९६ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ।

१९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्म बैंकले २ खर्ब ९१ अर्ब ४४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिकृया