मंगलबारदेखि देशभर वर्षा र हिमपातको सम्भावना
प्रकाशित मिति
२०८२ माघ १२ गते, सोमबार ०३:५९
१२ माघ,२०८२ काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर मौसम प्रतिकूल हुने चेतावनी दिएको छ। सोमबार देशभर मौसम सामान्यतया सफा रह्यो तर तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। हिमाली भू-भागमा आंशिक बादल छाए पनि बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।
मंगलबार पश्चिमी वायुको प्रभाव बढ्दै गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात वा वर्षाको सम्भावना छ। पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पर्ने सम्भावना पनि छ। तराईका थोरै स्थानमा हल्का वर्षा र केही स्थानमा चट्याङ्ग पर्न सक्ने चेतावनी जारी गरिएको छ।

बुधबार देशभर मौसम प्रणाली फैलने भएकाले उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकीका पहाडी भू-भागमा मेघगर्जनसहित मध्यम वर्षा पर्न सक्छ। बुधबार रातिबाट मौसम क्रमिक रूपमा सुधार हुन सुरु हुने महाशाखाले जनाएको छ।





प्रतिकृया