• १९ असोज २०८३, सोमबार
  • ११ः०८ राती

सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने

प्रकाशित मिति

२०८२ माघ ११ गते, आईतवार १२:१३

११ माघ,२०८२ काठमाडौं – सोलु हाइड्रोपावर लिमिटेडको आईपीओको बाँडफाँड भोलि (माघ १२) हुने भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।

National Life

आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबर आवेदन दिएका छन्। यो माग कम्पनीले जारी गर्ने शेयरभन्दा ३.८६ गुणा बढी हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २ करोड कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ। यसमध्ये आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० लाख कित्ता बाँडिएको छ। बाँकी ९० लाख कित्तामध्ये ५ लाख सामूहिक लगानी कोषका लागि, ३ लाख कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ८२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले सोलु हाइड्रोपावरलाई ‘आइआरएन डबल बी इस्यूअर’ रेटिङ्ग दिएको छ।

प्रतिकृया