• १९ असोज २०८३, सोमबार
  • ११ः०८ राती

भुजुङ्ग हाइड्रोपावरको आईपीओ भोलि सर्वसाधारणका लागि जारी

प्रकाशित मिति

२०८२ माघ ११ गते, आईतवार ०१:२१

११ माघ,२०८२ काठमाडौं – भुजुङ्ग हाइड्रोपावर लिमिटेडले भोलि (माघ १२) देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरिसकेपछि बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

National Life

कम्पनीको जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख कित्ता आईपीओ नेपाल धितोपत्र बोर्डबाट अनुमोदित गरिएको थियो। यसमध्ये १० लाख कित्ता आयोजना प्रभावितलाई र १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडिएको छ।

अब बाँकी ९ लाख कित्तामध्ये २० हजार कित्ता कम्पनी कर्मचारीका लागि, ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले निष्कासन गरिँदैछ। आवेदन दिन न्यूनतम १० र अधिकतम ५० हजार कित्ता माग गर्न सकिने व्यवस्था गरिएको छ। आवेदनको अन्तिम मिति माघ १५ तय गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओ निष्कासनको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले ‘सिंगल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ।

प्रतिकृया