माछापुच्छ्रे बैंकको नाफा २५.२५ प्रतिशतले बढ्यो
प्रकाशित मिति
२०८२ माघ ११ गते, आईतवार १०:१४
११ माघ,२०८२ काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको सोही अवधिमा बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षाअवधिमा बैंकको खुद ब्याज आम्दानी वृद्धि भए पनि सञ्चालन नाफा भने घटेको छ ।

बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशतले बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १०.२२ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा रहेको छ ।
१२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकले २ खर्ब ४ अर्ब ४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।




प्रतिकृया