• ३१ भदौ २०८३, बुधबार
  • १०ः०९ राती

आज काठमाडौंका विभिन्न स्थानमा ३ घण्टा बिजुली कटौती

प्रकाशित मिति

२०८२ माघ ३ गते, शनिबार ०७:५७

३ माघ,२०८२ काठमाडौं –  नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र मातहतका क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली आपूर्ति बन्द रहनेछ।

National Life

काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेको र भूमिगत केबलमा प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले बिजुली कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।

पानीपोखरी फिडर अन्तर्गत साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानीपोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा सो अवधिमा बिजुली कटौती हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली नआउने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बिजुली कटौतीबाट पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै तोकिएको कार्य समयअगावै सम्पन्न भएमा निर्धारित समयभन्दा पहिले नै बिजुली आपूर्ति हुन सक्ने स्पष्ट पारेको छ।

प्रतिकृया