• २० असोज २०८३, मंगलबार
  • १२ः२६ राती

देउवा–गगन भिडन्त : निर्वाचन आयोग तत्काल निर्णयको दबाबमा

प्रकाशित मिति

२०८२ माघ २ गते, शुक्रबार ०३:४२

२ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकताको विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि चर्को दबाब परेको छ। कांग्रेसका दुवै समूहका नेताहरू लगातार आयोगमा पुगेर ज्ञापनपत्र बुझाउने र ध्यानाकर्षण गराउने कार्यमा जुटेका छन्।

National Life

चौतर्फी दबाबका कारण आयोगलाई नियमित निर्वाचनसम्बन्धी काम गर्न कठिनाइ भएको बताउँदै सक्दो छिटो निर्णय सुनाउने तयारीमा रहेको जनाइएको छ। आयोगसम्बद्ध स्रोतका अनुसार सम्भव भएसम्म शुक्रबार अपराह्न, नभए शनिबार निर्णय आउन सक्छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग अहिले राजनीतिक दलहरूसँग छलफलमै व्यस्त रहेको र छलफलपछि बैठक बसेर निर्णय हुने सम्भावना रहेको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया