• २० असोज २०८३, मंगलबार
  • १२ः२६ राती

सभापति खड्काले निर्वाचन आयोगलाई दिए यस्तो धम्की

प्रकाशित मिति

२०८२ माघ २ गते, शुक्रबार ०३:५२

२ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसका देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धी विषयमा अन्यथा निर्णय गरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।

National Life

सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खड्काले आयोगको निर्णयप्रति असहमति जनाउँदै देशभरका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन दिएको जानकारी दिए।

खड्काले देशकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको विषयमा मिडिया र सामाजिक सञ्जालको प्रभावमा परेर निर्वाचन आयोगले गलत निर्णय नगर्ने विश्वास आफूले गरेको बताए। साथै, उनले पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशन माग गर्ने अधिकार भए पनि त्यसलाई बोलाउने अधिकार नभएको दाबी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

उनले विशेष महाधिवेशन पार्टीलाई क्षति पुर्‍याउने उद्देश्यबाट प्रेरित भएको भन्दै त्यसलाई अवैधानिक ठहर गरेका छन्।

प्रतिकृया