• २० असोज २०८३, मंगलबार
  • १२ः२६ राती

मेयर बालेनले पदबाट राजीनामा दिने तयारी

प्रकाशित मिति

२०८२ माघ २ गते, शुक्रबार १२:०८

२ माघ,२०८२ काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिने तयारी गरेका छन्। उनको सचिवालयका अनुसार बालेनले माघ ४ गतेसम्म मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नियमित चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका हुन्।

National Life

सचिवालयका अनुसार बालेनले आफूले रोजेको झापा–५ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने योजना बनाएका छन्। उनका स्वकीय सचिव भूपदेव शाहले माघ ६ गते झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार चुनावी अभियानका लागि आवश्यक बसोबासको व्यवस्था र सम्पर्क कार्यालयसमेत भाडामा लिइसकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया