• २० असोज २०८३, मंगलबार
  • १२ः२६ राती

रास्वपा केन्द्रीय सदस्य परियार चढेको गाडी गोरखामा तोडफोड

प्रकाशित मिति

२०८२ माघ २ गते, शुक्रबार १२:२३

२ माघ,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार चढेको गाडी गोरखामा तोडफोड गरिएको छ। गोरखाको भीमसेनथापा गाउँपालिका–३ मा पार्टीसम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेका परियारको गाडी राति पार्किङमा राखिएको अवस्थामा क्षति पुर्‍याइएको हो।

National Life

रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार पार्टीको भेलामा सहभागी हुन गएका बेला परियारको गाडीमा तोडफोड भएको हो। घटनाप्रति पार्टीले गम्भीर चासो व्यक्त गरेको छ।

प्रवक्ता झाले घटनाको यथार्थ पत्ता लगाउन स्थानीय प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाउन आग्रह गरिएको बताए। तोडफोड कसले र किन गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया