• २० असोज २०८३, मंगलबार
  • १२ः२६ राती

कांग्रेस विवाद : किन एकाबिहानै देउवा पक्ष पुग्यो निर्वाचन आयोग ?

प्रकाशित मिति

२०८२ माघ २ गते, शुक्रबार १०:५६

२ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पार्टीभित्र विवाद चर्किएको छ। यही विवादका बीच सभापति शेरबहादुर देउवा पक्षका नेताहरू शुक्रबार बिहान निर्वाचन आयोग पुगेका छन्।

National Life

निर्वाचन आयोग पुग्ने नेताहरूमा पूर्णबहादुर खड्का, शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, धनराज गुरुङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ‘डिना’, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेतलगायत रहेका छन्।

देउवा समूहले आफ्नो नेतृत्वकै कांग्रेसलाई आधिकारिक पार्टीको मान्यता दिनुपर्ने मागसहित आयोग पुगेको जनाएको छ। कांग्रेस नेता कल्याण गुरुङका अनुसार केन्द्रीय तहका नेता, जिल्ला सभापति तथा भ्रातृ संगठनका प्रतिनिधिहरू संयुक्त रूपमा आयोगमा उपस्थित भएका हुन्। उनका अनुसार आयोगका पदाधिकारीसँग औपचारिक छलफल गरी पार्टीको वैधानिक हैसियतबारे आफ्नो धारणा राखिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल देउवा पक्षका नेताहरू आयोगका पदाधिकारीसँग भेटका लागि प्रतीक्षामा रहेका छन्। उता, सोही पक्षका तरुण दलका कार्यकर्ताहरूले निर्वाचन आयोग परिसर बाहिर धर्ना दिइरहेका छन्। नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद अब निर्वाचन आयोगको निर्णयतर्फ केन्द्रित भएको छ।

प्रतिकृया