• २० असोज २०८३, मंगलबार
  • १२ः२८ राती

हिमालयन बैंकको ३३औँ साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०४:४५

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३३औँ वार्षिक साधारण सभा पौष ३० गते सफलतापूर्वक सम्पन्न भएको छ ।

National Life

बैंकका संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले बैंक तथा बैंकका सहायक कम्पनीहरू सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ ।

सभामा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकको वित्तीय गतिविधि, नाफा–नोक्सान, र सञ्चालन अवस्थाबारे विस्तृत जानकारी दिएका थिए ।
साधारणसभाले कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि वर्तमान लेखापरीक्षकलाई पुन: नियुक्त गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, नियामक निकायको निर्देशन अनुसार बैंकको पूँजी संरचनासँग सँगसँगै संचालक समितिको संरचना परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

यस बैठकले बैंकको व्यवस्थापन क्षमता, नियामक पालन र वित्तीय पारदर्शिता कायम राख्दै आगामी आर्थिक वर्षका चुनौती सामना गर्ने दिशामा ठोस कदम चाल्ने संकेत दिएको छ ।

प्रतिकृया