• २० असोज २०८३, मंगलबार
  • १२ः२७ राती

देउवाको कारबाहीपछि गगन थापा के भन्छन् त ?

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०४:३१

३० पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देउवा समूहको कारबाहीपछि विशेष महाधिवेशनले पार्टी नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् । केन्द्रीय समितिको बैठकले आफू, विश्वप्रकाश शर्मा लगायतलाई पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरेलगत्तै थापाले कांग्रेसको आधिकारिकता विशेष महाधिवेशन पक्षमै रहेको दाबी गरे ।

National Life

‘अब अल्मलिनुपर्ने अवस्था रहेन, विशेष महाधिवेशनको मनोनयन सकिएको छ,’ थापाले भने, ‘विधिसम्मत नेतृत्व चयन हुँदैछ, यही नै कांग्रेस हो ।’ उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगलाई जानकारी गराइने पनि बताए ।

कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झन्डा आफूहरूकै पक्षमा रहेको दाबी गर्दै थापाले संवादका प्रयास सफल नभएको र अब निर्णयको चरणमा पुगेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया