• २० असोज २०८३, मंगलबार
  • १ः०८ राती

काँग्रेस विशेष महाधिवेशनः ८ बजेदेखि नाम दर्ता, १० बजेदेखि बन्दसत्र

प्रकाशित मिति

२०८२ पुष २८ गते, सोमबार ०९:१३

२८ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुने भएको छ। विशेष महाधिवेशन आयोजक समितिको सचिवालयका अनुसार बन्दसत्र सुरु हुनुअघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सञ्चालन गरिनेछ।

National Life

आयोजक समितिले दिएको जानकारीअनुसार विशेष महाधिवेशनको पहिलो दिनसम्म २ हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्। नेपाली कांग्रेसमा कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।

प्रतिकृया