• २० असोज २०८३, मंगलबार
  • १ः०८ राती

समानुपातिक बन्दसूचीबाट उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने

प्रकाशित मिति

२०८२ पुष २८ गते, सोमबार ०९:०५

२८ पुस,२०८२ काठमाडौं – निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा समावेश उम्मेदवारले चाहेमा आफ्नो नाम फिर्ता लिन सकिने जनाएको छ। आयोगका अनुसार नाम फिर्ता लिन इच्छुक उम्मेदवारले आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्।

National Life

नाम फिर्ता गर्न चाहने उम्मेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ बमोजिम निवेदन पेश गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।

आयोगले जारी गरेको सूचनामा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले २०८२–०९–१३ र १४ गते पेश गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा स्वीकृत कार्यक्रम अनुसार निर्वाचन आयोग, काठमाडौँस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालयबाट तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन सकिने उल्लेख गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया