• २० असोज २०८३, मंगलबार
  • १ः०८ राती

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

प्रकाशित मिति

२०८२ पुष २७ गते, आईतवार ०४:०९

२७ पुस,२०८२ काठमाडौं – तेस्रो इन्डियन आइडलका विजेता गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार बिहान दिल्लीस्थित निवासमा हृदयघातका कारण निधन भएको बताइएको छ।

National Life

तामाङको निधनप्रति गायक प्रमोद खरेलले श्रद्धाञ्जली व्यक्त गर्दै यो खबर अप्रिय र अपत्यारिलो भएको बताएका छन्। इन्डियन आइडल जितेपछि भारतीय प्रहरीको जागिर छोडेर उनले गायन र अभिनयलाई करियर बनाएका थिए। तामाङले नेपाली फिल्म परदेशी र गोर्खापल्टन लगायतमा अभिनय गरेका थिए।

प्रतिकृया