• २० असोज २०८३, मंगलबार
  • १ः०९ राती

कृषि बिकास बैक कर्मचारी संघद्वारा ५९औं वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम

प्रकाशित मिति

२०८२ पुष २५ गते, शुक्रबार १०:०७

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको ५९औं वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिले आज बैंकको मुख्य कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

National Life

कार्यक्रममा मुख्य कार्यालय समितिका अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। बैंक, बीमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनाली प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, कृषि विकास बैंक कर्मचारी संघका अध्यक्ष छगेन्द्र आचार्य, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारी, ग्राहक तथा शुभचिन्तकहरूले समेत कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै धर्मराज मैनालीले रक्तदान जस्तो मानवीय कार्यमा सबैको सहभागिता प्रशंसायोग्य भएको उल्लेख गर्दै बैंक र कर्मचारी संघले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानहरू निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

मुख्य कार्यालय समितिका सचिव सन्दिप रेग्मीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। यस अवसरमा कृषि विकास बैंक कर्मचारी संघका अध्यक्ष छगेन्द्र आचार्यले अस्पतालमा रगतको अभावले पर्न सक्ने जीवन संकटलाई न्यूनिकरण गर्ने उद्देश्यसहितको यस अभियानले बिरामीहरूलाई राहत पुर्‍याउने बताएका छन्। उनले ट्रेड युनियनले संचालन गर्ने सामाजिक कार्यक्रमले समाजमा बैंक तथा ट्रेड युनियनको प्रतिष्ठा बढाउने पनि उल्लेख गरे।

कार्यक्रमका क्रममा मु.का. समितिका १२१ युनिट रगत संकलन भएको थियो। नेपाल रेडक्रस सोसाइटिको सहयोगमा संकलित रगत देशभरका अस्पताल र बिरामीहरूमा वितरण गरिनेछ।

कार्यक्रमको समापन गर्दै कार्यक्रम सभाध्यक्ष तथा मुख्य कार्यालय समितिका अध्यक्ष सुरेश कुमार क्षेत्रीले सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, कर्मचारी र व्यवस्थापकहरूलाई धन्यवाद व्यक्त गरे।

कृषि विकास बैंक कर्मचारी संघका अन्य प्रदेश समितिहरूले पनि माघ महिनाभित्र देशभर रक्तदान कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन्।

प्रतिकृया