• १२ असोज २०८३, सोमबार
  • ११ः०२ राती

राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि छानबिन

प्रकाशित मिति

२०८२ पुष २५ गते, शुक्रबार ०९:५६

२५ पुस,२०८२ काठमाडौं – आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्तापछि उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको छ ।

National Life

बुधबार सातै प्रदेशका विभिन्न क्लस्टरमा ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये लुम्बिनी प्रदेशबाट नेपाली काँग्रेसका तर्फबाट अपाङ्ग कोटामा उम्मेदवार बनेका वासुदेव घिमिरेविरुद्ध उजुरी परेको छ । उनका प्रतिस्पर्धी नेकपा उम्मेदवार सजन विकले घिमिरे अपाङ्ग नभई नक्कली परिचयपत्र बनाइएको दाबी गर्दै आयोगमा उजुरी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय तोकिएको थियो । अब आयोगले आज र भोलि उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, पुस २७ गते उम्मेदवारी फिर्ता लिने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख तथा उपप्रमुख मतदाता रहने कानुनी व्यवस्था छ । सोहीअनुसार प्रदेशसभा सदस्य ५४५ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख १ हजार ४९८ गरी कुल २ हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको छ । तीमध्ये प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ रहेको छ ।

प्रतिकृया