• १३ असोज २०८३, मंगलबार
  • २ः२८ राती

कांग्रेस–एमालेको समानुपातिक सूचीमा त्रुटि, आयोगले पत्राचार

प्रकाशित मिति

२०८२ पुष २१ गते, सोमबार १२:२४

२१ पुस,२०८२ काठमाडौं— निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूचीमा देखिएका त्रुटि सच्याउन राजनीतिक दलहरूलाई इमेलमार्फत निर्देशन दिएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलहरूले बुझाएको सूचीमा एउटै व्यक्तिको नाम दोहोरिएको, कलस्टर मिलेनु, नागरिकता प्रमाण नहुँदा जस्ता त्रुटि फेला परेको छ।

National Life

दलहरूले आजदेखि पुस २७ गतेसम्म त्रुटि सच्याउन सक्नेछन्। उम्मेदवारले नाम फिर्ता लिन चाहने भए पुस २८ गतेसम्म समय पाउनेछन्। नाम फिर्ता भएमा रिक्त स्थानमा सोही समूहको अर्को उम्मेदवार मनोनयन गर्ने प्रक्रिया पुस ३० गतेसम्म सम्पन्न हुनेछ।

आयोगको कार्यतालिकाअनुसार माघ ४ गते उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित हुनेछ। दावी–विरोध पेस गर्ने समय माघ ५ देखि माघ १० सम्म रहनेछ भने आयोगले माघ ११ देखि १७ गतेसम्म निर्णय गर्नेछ। अन्तिम सूची माघ २० गते प्रकाशित हुनेछ। मतदान आगामी फागुन २१ गते हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया