• १३ असोज २०८३, मंगलबार
  • १ः४८ राती

ओलीको चार वर्ष पुरानो रिटको सुनुवाइका लागि सर्वोच्चले पेसी तोक्यो

प्रकाशित मिति

२०८२ पुष २१ गते, सोमबार १२:०२

२१ पुस,२०८२ काठमाडौं —  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ ।

National Life

सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । यो मुद्दा चार वर्षदेखि सर्वोच्चमा विचाराधीन रहेको छ ।

ओलीले रिटमार्फत एकीकृत समाजवादीका १४ सांसदलाई पदमुक्त गर्न माग गरेका थिए र तत्कालीन राजनीतिक दलसम्बन्धी अध्यादेश, सभामुख र लुम्बिनी प्रदेश सभामुखलाई विपक्षी बनाएका थिए । अध्यादेशअनुसार २० प्रतिशत सदस्यको सहमतिमा मात्रै पार्टी विभाजन गर्न सकिने व्यवस्था आएपछि माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया