• १९ असोज २०८३, सोमबार
  • १०ः५७ राती

महालक्ष्मी विकास बैंकद्धारा अंग्रेजी नयाँ वर्षको अवसरमा सुनचाँदी धितो कर्जा परिमार्जित

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार ०१:२२

काठमाडौं। अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०२६ को शुभ कामनासहित आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ। 

National Life

नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदीप्रतिको आकर्षण उल्लेखनीय रुपमा बढ्दै गरेको तथा सुनचाँदी गर्जो टार्ने मात्र नभई लगानीको रुपमा पनि प्रयोग गर्न सकिने विकल्पको रुपमा समेत हेरिएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बैंकले विशेष सुविधा सहित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको हो। 

कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सुविधा बैंकले प्रदान गर्ने भएको हो। यसअन्तर्गत ग्राहकहरुले प्रतिस्पर्धी ब्याजदरमा सुनचाँदीको धितोमा कर्जा उपभोग गर्न सक्ने छन्। कुनै पनि आधिकारिक विक्रेताबाट सुनचाँदी खरिद गर्नको लागि बैकले कर्जा प्रदान गर्ने छ। यो योजनाअन्तर्गत कर्जाको अधिकतम सीमा ५० लाख हुनेछ। 

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यअनुरुप हाल यो सेवा न्यूरोड (काठमाडौं), न्यूरोड (पोखरा), महाराजगंज, हेटौँडा, भैरहवा शाखामार्फत प्रदान गरिने छ। यद्यपि, सुनचाँदी कर्जाको निवेदन जुनसुकै शाखा कार्यालयमार्फत पेश गर्न सकिने छ।

ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रीत रही विभिन्न अवसर तथा चाडपर्वमा नविनतम् सेवाहरू उपलब्ध गराउँदै जाने बैंकले जनाएको छ। 

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाखभन्दा बढी ग्राहकहरु रहेका छन्।

प्रतिकृया