• २० असोज २०८३, मंगलबार
  • २ः१७ राती

प्रतिनिधि सभा निर्वाचन: ४ विदेशीसहित कति संस्थाले गर्छन् निर्वाचन पर्यवेक्षण ?

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार १२:३०

१७ पुस,२०८२ काठमाडौं — २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा ४ विदेशी र ३६ राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति दिइएको छ। निर्वाचन आयोगका सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार कुल ४० संस्थाले पर्यवेक्षण गर्न पाउने अनुमति पाएका छन्।

National Life

बुधबार मात्र ९ नयाँ संस्थालाई अनुमति दिइएको थियो, जसमा गरिब तथा दलित उत्थान सेवा समिति डोल्पा, जनसरोकार मञ्च नेपाल, दिगो ग्रामीण विकास केन्द्र, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, मस्वसित नेपाल, नेपाल जनप्रशासन संघ र नेपाल कानून समाज रहेका छन्।

अनुमति प्राप्त संस्थालाई आयोगले अभिमुखीकरण गरी परिचय पत्र उपलब्ध गराउनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन तालिकाअनुसार समानुपातिक तर्फ उम्मेदवारको बन्दसूची बुझाइसकिएको छ र आयोगले छानबिन जारी राखिरहेको छ। उम्मेदवारले नाम फिर्ता लिन पुस २८ सम्म समय पाउनेछन्। फिर्ता भएमा रिक्त स्थानमा दलले अर्को उम्मेदवारको नाम पेश गर्न पुस ३० गतेसम्म समय पाउनेछन्।

उम्मेदवारको अन्तिम बन्दसूची माघ २० गते प्रकाशन हुने तय भएको छ। मतदान फागुन २१ गते बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म हुनेछ।

प्रतिकृया