• २० असोज २०८३, मंगलबार
  • २ः५४ राती

आज तमु ल्होसार पर्व मनाइँदै

प्रकाशित मिति

२०८२ पुष १५ गते, मंगलवार ०८:३८

१५ पुस,२०८२ काठमाडौं — गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागत गर्दै आज तमु ल्होसार पर्व मनाएका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ। यस पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा विशेष महत्वका साथ मनाउने गर्छन्।

National Life

तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित पर्व मानिन्छ। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा पुस महिनामै सूर्यको ताप पहिले पुग्ने विश्वासका कारण यसै समयमा ल्होसार मनाइने परम्परा छ। पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात क्रमशः छोटिँदै जाने भएकाले पनि यस पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको जानकारहरू बताउँछन्।

तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। यस अवसरमा राजधानीको टुँडिखेलमा गुरुङ समुदायको आयोजनामा विशेष कार्यक्रम तथा ल्होसार महोत्सव भइरहेको छ। कार्यक्रममा परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएका गुरुङ समुदायका मानिसहरूको उल्लेखनीय सहभागिता रहेको छ। साथै गुरुङ समुदायका मौलिक परिकार, कला र संस्कृतिको प्रदर्शनीसमेत गरिएको छ, जसमा हजारौँ सर्वसाधारण सहभागी भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया