• २० असोज २०८३, मंगलबार
  • २ः५२ राती

प्रतिनिधि सभा निर्वाचन: उम्मेदवारको खर्च सीमा तोकियो, क्षेत्रअनुसार कति ?

प्रकाशित मिति

२०८२ पुष १५ गते, मंगलवार ०८:४९

१५ पुस,२०८२ काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न सक्ने अधिकतम सीमा निर्वाचन आयोगले तोकेको छ। आयोगले जिल्लाको पहुँच र सुगमता अनुसार खर्च सीमा फरक निर्धारण गरेको छ।

National Life

काठमाडौँका पाँच निर्वाचन क्षेत्र (१, ३, ६, ७ र ८) का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्। १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, ६५ वटा क्षेत्रमा २९ लाख, ५२ वटा क्षेत्रमा ३१ लाख र २६ वटा क्षेत्रमा ३३ लाख रुपैयाँ खर्च गर्न सकिने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारले आफ्नो खर्च छुट्टै बैंक वा वित्तीय संस्थामा खाता खोली त्यहीबाट मात्र गर्नु पर्नेछ। खर्चको विवरण उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया