• २० असोज २०८३, मंगलबार
  • २ः५४ राती

एकता प्रयास विफल, उज्यालो नेपाल पार्टी समानुपातिक सूची टुंग्याउँदै

प्रकाशित मिति

२०८२ पुष १४ गते, सोमबार ०३:०२

१४ पुस,२०८२ काठमाडौं — अन्य राजनीतिक दलसँग एकता प्रयास सफल हुन नसकेपछि उज्यालो नेपाल पार्टी (उनेपा) समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तय गर्ने कार्यमा जुटेको छ। उनेपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौंका मेयर बालेन शाह पक्ष र प्रगतिशील लोकतान्त्रिक पार्टीसँग एकताका लागि संवाद गरेको भए पनि पदीय बाँडफाँटमा सहमति नजुट्दा एकता सम्भव हुन नसकेको हो।

National Life

उनेपाका प्रवक्ता डा. राजु थापाले एकता सम्भव नभएपछि दलको तर्फबाट समानुपातिक उम्मेदवारका नाम अन्तिम रूप दिने प्रक्रिया अघि बढाइएको जानकारी दिए। ‘अब हामी आफ्नै पार्टीबाट समानुपातिक उम्मेदवारको सूची निश्चित गर्दैछौं,’ उनले बताए।

हिजो रातिसम्म पनि एकताका लागि प्रयास जारी रहेको रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उनेपाका संरक्षक कुलमान घिसिङबीच छलफल भएको भए पनि सहमति जुट्न सकेन।

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको नाम पेश गर्ने अन्तिम दिन आज तोकेको छ। दलहरूले समावेशीताका आधारमा ११० जनाको उम्मेदवार सूची बुझाउनुपर्ने व्यवस्था छ।

प्रतिकृया