• २० असोज २०८३, मंगलबार
  • २ः५४ राती

मंसिरमा प्रहरीद्वारा ४० करोडभन्दा बढी राजस्व संकलन

प्रकाशित मिति

२०८२ पुष १४ गते, सोमबार ०२:३६

१४ पुस,२०८२ काठमाडौं — नेपाल प्रहरीले चालू आर्थिक वर्षको मंसिर महिनामा विभिन्न शीर्षकबाट ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। प्रहरीका अनुसार अवैध मालसामान बरामदबाट सबैभन्दा बढी १७ करोड ९५ लाख ६७ हजार रुपैयाँ संकलन भएको छ। त्यस्तै, फरार कैदी पक्राउ तथा अदालती फैसला कार्यान्वयनमार्फत १२ करोड ३७ लाख ३६ हजार रुपैयाँ राजस्व उठाइएको छ।

National Life

यसैगरी ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट ७ करोड १५ लाख ९३ हजार रुपैयाँ, अवैध सुनचाँदी बरामदबाट ८९ लाख ४५ हजार रुपैयाँ र स्रोत नखुलेको रकम बरामदबाट ८५ लाख ९ हजार रुपैयाँ संकलन भएको प्रहरीले जनाएको छ।

त्यस्तै, हुण्डी कारोबार नियन्त्रणबाट ६४ लाख ४३ हजार रुपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खननबाट २६ लाख ६४ हजार रुपैयाँ, अवैध पशुपक्षी कारोबारबाट ७ लाख २ हजार रुपैयाँ तथा अवैध काठ बरामदबाट २ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया