• २० असोज २०८३, मंगलबार
  • २ः५४ राती

जाँचबुझ आयोगमा सकियो रमेश लेखकको बयान

प्रकाशित मिति

२०८२ पुष १४ गते, सोमबार ०३:०७

१४ पुस,२०८२ काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। लेखक मध्याह्न करिब १२:३० बजे सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका थिए र करिब ३ बजे बाहिरिएका हुन्।

National Life

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए। आयोगले उनलाई पुस १३ गते उपस्थित हुन भनेको भए पनि उनी एक दिन ढिला गरी आज बयानका लागि आयोग पुगेका हुन्।

लेखकले आजै पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनसम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्ने पनि जानकारी दिएका छन्।जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया