समानुपातिक सूची बुझाउने आज अन्तिम दिन
प्रकाशित मिति
२०८२ पुष १४ गते, सोमबार ०९:२८
१४ पुस,२०८२ काठमाडौं — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको जनाएको छ। आयोगले आइतबारदेखि आज दिउँसो ४ बजेसम्मको समय तोकेकाले तोकिएको समय सकिन लागेको हो।
आयोगका अनुसार यसअघि आइतबार नेपाल मजदुर किसान पार्टीसहित केही दलले मात्र आफ्नो समानुपातिक सूची आयोगमा बुझाएका छन् भने अधिकांश राजनीतिक दलहरू उम्मेदवार छनोटमा व्यस्त रहेका छन्।
आयोगले कार्यालय समयभित्र आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा सूची पेश गर्नुपर्ने जानकारी गराएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ तथा प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ अनुसारको विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी रीत पुर्याएर मात्र उम्मेदवारको बन्दसूची तयार गर्नुपर्ने आयोगले जनाएको छ।
साथै, राजनीतिक दलहरूले तयार पारेको समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अघि सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न सकिने व्यवस्था पनि रहेको आयोगले








प्रतिकृया