• २० असोज २०८३, मंगलबार
  • २ः५२ राती

पूर्व गृहमन्त्री रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिँदै

प्रकाशित मिति

२०८२ पुष १४ गते, सोमबार ०९:१८

१४ पुस,२०८२ काठमाडौं — पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आज बयान दिने भएका छन्। लेखकको सचिवालयका अनुसार उनी आज अपराह्न १२ बजे आयोगमा उपस्थित भएर बयान दिने कार्यक्रम छ।

National Life

बयानपछि लेखकले दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने पनि सचिवालयले जनाएको छ। आयोगले गत शुक्रबारसम्म बयान दिन पत्राचार गरे पनि लेखकले सोमबार आयोगलाई जानकारी गराउँदै आज बयान दिन आउने बताएका थिए। आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई गत मंगलबार औपचारिक पत्र लेख्दै बयानका लागि बोलाएको थियो।

अनुसन्धानको अन्तिम चरणमा रहेको आयोगले लेखकको बयानपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया