• १४ असोज २०८३, बुधबार
  • ४ः३८ बिहान

रवि–बालेन सहमति: निर्णायक छलफलमा को-को थिए सहभागी ?

प्रकाशित मिति

२०८२ पुष १३ गते, आईतवार १२:५३

१३ पुस,२०८२ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सात बुँदे सहमति हाल सर्वत्र चर्चा भइरहेको छ। निर्णायक वार्ता कमलपोखरीस्थित पूर्वसांसद असिम शाह र उनका दाजु आसिफ शाहको चलचित्र निर्माण तथा गीत भिडियो कार्यालयमा भएको थियो।

National Life

वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र अन्तिम समयमा उपसभापति डीपी अर्याल सहभागी थिए।

बालेनको तर्फबाट प्रमुख सल्लाहकार कुमार बेन्जनकार, प्रमुख स्वकीय सचिव भूपदेव शाह, सुदीप ढकाल र महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साल वार्तामा सहभागी थिए।

Classic Tech Mobile
Classic Tech Desktop

सहमतिको क्रममा रास्वपाका पूर्वसांसद असिम शाह र उनका दाजु आसिफ शाहले ‘फेसिलिटेसन’को भूमिका निभाएका थिए भने चर्चित चलचित्र निर्देशक निश्चल बस्नेत र सामाजिक अभियन्ता केपी खनाल साक्षीका रूपमा उपस्थित थिए।

प्रतिकृया