नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने
प्रकाशित मिति
२०८२ पुष ९ गते, बुधबार ११:४१
९ पुस,२०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता हुने समस्यालाई व्यवस्थापन गर्न आज २५ अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंक तथा वित्तीय संस्थाबाट पैसा खिच्ने जनाएको छ।
राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो २ बजे बोलकबोल आयोजना हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले १० करोड रुपैयाँभन्दा कममा वा ५ करोड रुपैयाँसम्म भाग गरेर कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल बहुब्याजदर वा एकल ब्याजदरमा गर्न सकिने व्यवस्था गरिएको छ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै यस निक्षेप संकलन उपकरणको बोलकबोलमा सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ। यस १६ दिने निक्षेप संकलन उपकरणको पुँजी र ब्याज भुक्तानी आउँदो पुस २५ गते हुने छ।
पछिल्ला दिनहरूमा कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता बढी भएको छ। बैंक तथा वित्तीय संस्थाहरूले ३ प्रतिशत हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा राख्न बाध्य भइरहेका छन्।








प्रतिकृया