विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्कासन गर्ने
प्रकाशित मिति
२०८२ पुष ९ गते, बुधबार ११:०२
९ पुस,२०८२ काठमाडौं— विजय लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। संस्थाले पुस २१ गतेदेखि एफपीओ निष्कासन गर्ने जानकारी दिएको हो।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जरपछि संस्थाको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ। मर्जरपछि संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व क्रमशः ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत रहेको छ। सो अनुपातलाई नेपाल राष्ट्र बैंकको नियमानुसार ७०ः३० कायम गर्न संस्थाले एफपीओ निष्कासन गर्न लागेको हो।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गर्नेछ।
एफपीओमा पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा मागअनुसार आवेदन नपरेमा माघ ५ गतेसम्म आवेदन खुला रहनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
एफपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।








प्रतिकृया