• ६ असोज २०८३, मंगलबार
  • ४ः१२ बेलुका

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

प्रकाशित मिति

२०८२ पुष ६ गते, आईतवार ०९:४५

६ पुस,२०८२ काठमाडौं— नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार बिहान करिब ६:३० बजे मुख्य गेटतर्फको भवनको पाँचौँ तलाबाट खसेर सप्तरी राजविराज–९ जगदरी घर भएका ३४ वर्षीय अमित यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

National Life

टाउकोमा गम्भीर चोट लागेपछि उनलाई सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापकले जानकारी दिए।

यादव सोही मेडिकल कलेजका एमबीबीएस इन्टर्न डाक्टर हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया