• ३१ भदौ २०८३, बुधबार
  • ७ः२५ बेलुका

आज तोल ल्होसार पर्व मनाइँदै

प्रकाशित मिति

२०८२ पुष ५ गते, शनिबार १०:१८

५ पुस,२०८२ काठमाडौं— आज तोल ल्होसार पर्व मनाइँदैछ। हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायत हिमाली भेगमा यो पर्व विशेष रूपमा मनाउने परम्परा छ।

National Life

तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसारका रूपमा लिइन्छ। ‘तोल’ शब्दले समयचक्रलाई जनाउँछ। पुस शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वमा घरआँगन लिपपोत गरी चोखो बनाइ पूजाआजा गर्ने, मान्यजनबाट आशिर्वाद लिने र बाबरी रोटी, फुरौला तथा कन्दमूल प्रसादका रूपमा खाने चलन छ।

यस पर्वले देवताको विजय र भूतप्रेतको हार हुने विश्वास गरिन्छ। तोल ल्होसार नयाँ वर्षको स्वागतका रूपमा मनाइने पर्व हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया