• ४ साउन २०८३, सोमबार
  • ८:३९ बेलुका

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक (सूचीसहित)

प्रकाशित मिति

२०८२ पुष १ गते, मंगलवार ०४:२०

१ पुष,२०८२ काठमाडौं— मङ्सिर २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले बैठकबाट भएका ११ निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ भने आयोगको सदस्यमा प्रा. डा. सुनीति श्रेष्ठलाई नियुक्त गरिएको छ । साथै, विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय पनि भएको छ । संवाद समितिको संयोजकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया