• ४ साउन २०८३, सोमबार
  • २:२६ बिहान

एमाले महाधिवेशन: धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज

प्रकाशित मिति

२०८२ पुष १ गते, मंगलवार ०४:३३

१ पुष,२०८२ काठमाडौं— नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका धर्मलाल गिरीको उम्मेदवारी खारेज भएको छ । यससँगै ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी खारेज हुनेको संख्या दुई पुगेको छ । यसअघि पासाङ शेर्पाको उम्मेदवारी पनि खारेज भएको थियो ।

एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले उम्मेदवारी दर्ता गराएकामध्ये शेर्पा र गिरीको उम्मेदवारी खारेज भएको जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य पदमा ११ जना सर्वसम्मत निर्वाचित भएका छन् ।

Kamana Sewa

यस्तै, एक उपमहासचिवसहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । भृकुटीमण्डपमा जारी महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने तयारी भइरहेको छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

Classic Tech Desktop

प्रतिकृया