पाँच महिनामा ४ खर्ब ९ अर्बभन्दा बढी राजस्व सङ्कलन
प्रकाशित मिति
२०८२ पुष १ गते, मंगलवार ०१:२४
१ पुष,२०८२ काठमाडौं— चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर महिनासम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । अर्थ मन्त्रालयका अनुसार पाँच महिनामा ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा ७८.७४ प्रतिशत सङ्कलन भएको हो ।
मङ्सिर महिनाका लागि ९५ अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ८० अर्ब २७ करोड रुपैयाँ उठेको छ, जुन लक्ष्यको ८४.३१ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको मङ्सिर महिनामा ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आर्थिक वर्ष २०८२–८३ का लागि कुल राजस्व सङ्कलन लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ निर्धारण गरिएको छ । हालसम्म पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व उठेको मन्त्रालयले जनाएको छ ।
यसअघि २०८१–८२ आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।







प्रतिकृया