• १३ असोज २०८३, मंगलबार
  • ५ः३७ बिहान

कात्तिकमा मुद्रास्फीति १.११ प्रतिशतमा सीमित, खाद्य–पेय पदार्थमा ऋणात्मक वृद्धि

प्रकाशित मिति

२०८२ मंसिर २९ गते, सोमबार ०३:५२

मंसिर २९,२०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक २०८२ मा समग्र मुद्रास्फीति १.११ प्रतिशतमा सीमित रहेको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ३.३२ प्रतिशतले ऋणात्मक देखिएको छ।

National Life

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.६९ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको कात्तिक महिनामा समग्र मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो भने खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत थियो। यस वर्ष खाद्य समूहमा देखिएको ऋणात्मक मुद्रास्फीतिले उपभोक्तामाथिको मूल्य दबाब कम भएको संकेत गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया