• ३१ भदौ २०८३, बुधबार
  • ४ः०४ बेलुका

फागुन २१ को प्रतिनिधि सभा निर्वाचन स्थगित हुने संकेत, जेनजी सहमति कार्यान्वयन चुनौतीपूर्ण

प्रकाशित मिति

२०८२ मंसिर २६ गते, शुक्रबार ०१:०१

मंसिर २६,२०८२ काठमाडौं—  जेनजी आन्दोलनको दबाबमा बनेको वर्तमान सरकारले आन्दोलनकारी जेनजी प्रतिनिधिहरूसँग गरेको सम्झौता अनुसार आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन स्थगित हुनसक्ने संकेत देखिएको छ।

National Life

सरकार र जेनजी नेताहरूबीच यही मंसिर २४ गते भएको सम्झौता हिजो मंसिर २५ गते राजपत्रमा प्रकाशित भइसकेको छ। सहमतिअनुसार, आगामी निर्वाचनमा देशभरका बेजिल्ला मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाउने र विदेशमा रहेका नेपालीहरूले समेत मतदाता नामावलीको आधारमा मतदान गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ। साथै संविधान संशोधनको लागि आयोग गठन गरिने पनि सहमतिमा सामेल छ।

विश्लेषकहरूले संविधान संशोधन र बेजिल्ला तथा विदेशबाट मतदानको व्यवस्था मिलाएर फागुन २१ गते चुनाव सम्पन्न गर्नु व्यावहारिक रूपमा असम्भव भएको देखाएका छन्। निर्वाचन आयोगको तयारी पूरा हुन अझै कम्तीमा १२० दिन आवश्यक पर्ने प्रचलन छ भने यसको लागि अर्बौं रुपैयाँ खर्च लाग्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच सरकारले औपचारिक रूपमा निर्वाचन मिति सार्ने निर्णय भने गरेको छैन। जेनजी नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन र विदेशमा रहेका नेपालीको मतदानको माग अघि सारेका छन्। यी सबै विषयवस्तु स्पष्ट नहुँदा आगामी फागुन २१ गतेको निर्वाचन कति औचित्यपूर्ण हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ।

प्रतिकृया