• ३१ भदौ २०८३, बुधबार
  • १०ः४९ राती

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा निलम्बित क्यान महानिर्देशक अधिकारी पाँच लाख धरौटीमा रिहा

प्रकाशित मिति

२०८२ मंसिर २३ गते, मंगलवार ०७:१५

मंसिर २२, २०८२ काठमाडौं— पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

National Life

तर, भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका अधिकारीलाई यो आदेशले रिहा गराउने छैन।

त्यसैगरी, पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र सुदर्शनदेव भट्टको संयुक्त इजलासले गरिएको थुनछेक बहसपछि अधिकारी र भण्डारीलाई धरौटीमा छाड्ने निर्णय गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै पाँच पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूविरुद्ध ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

प्रतिकृया